युक्रेनले मस्कोमा आक्रमण गर्न हतियार प्रयोग नगर्ने बाइडेनको भनाई

Compressed by jpeg-recompress

कालिकोट । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगर्ने बताएका छन्।पश्चिमा मुलुकद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिएको उनले बताएका छन् ।उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमा मुलुकहरूले प्रदान गरेको हतियारको प्रयोग गर्न अनुमति दिएका छन् ।उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छवासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए ।

 

error: Content is protected !!