कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ४ नम्बर वडालाई बाल बिवाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल संरक्षण तथा सम्बर्धन कार्यविधि २०७८, बाल कोष संचालन निर्देशिका २०८०, बाल विवाह न्युनिकरण सम्बन्धि ३ बर्षीय रणनीति कार्ययोजना २०७८ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ४ नम्बर वडालाई बाल बिवाह निषेधित वडा घोषणा गरिएको हो ।
बिहिबार रास्कोट नगरपालिका वडा न ४ को आयोजना पलान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र९ हुरेन्डेक नेपाल र साधा नेपालको सहजीकरण रहेको कार्यक्रममा नगरपालिकाद्धारा बाल बिवाह निषेधित वडा घोषणा गरिएको हो । बाल बिवाह कानुनी अपराध भएकाले सामाजिक रुपमा बहिष्कार गरौ, बाल बिवाहका असरबारे समयमै सचेत भई बाल बिवाह नगरौ, नगराऔँ भन्ने मुल नारा सहित विभिन्न कार्यक्रमहरु गरी घोषणा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष दिनेश संज्याल को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख धर्मराज शाही ९पोषण०, र विशेष अतिथि नगरउपप्रमुख मनिराज बराल रहेका थिए । अन्य अतिथिहरुमा प्रमुख प्रशासकिय अधिकृत जवान सिंह बम , वडा अध्यक्षहरु, जनप्रतिनिधि,नगरपालिका स्थित सम्पूर्ण राजनीतिक दलका प्रमुखहरु, हुरेन्डेक नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत कटक बहादुर बम, लेखा तथा प्रशासन संयोजक प्रेम बहादुर शाही, सशक्त बालिका परियोजना कार्यक्रम संयोजक डम्बर बोहोरा, फिल्ड सुपरभाइजर गिरेन्द्र शाही, महिला तथा बाल बालिका शाखा प्रमुख सरस्वती वली बिष्ट अन्य शाखाका प्रमुखहरु साधा नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत नवराज योगी, पत्रकार, विभिन्न बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थी, समाजसेवी, बुद्धिजिबी, नागरिक समाजका सदस्य, स्थानीय, अविभावक, बालबालिका गरी सयाँैको संख्यामा सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिका फोकल पर्शन हुकुम शाहीले गरेका थिय १ कार्यक्रममा बालबालिकाहरुले बिभिन्न सांस्कृतिक नृत्य, गित, ¥याली, नाराजुलुस बाजागाजा सहित वडा परिक्रम गरी सभामा परिणत भएको थियो । नगरपालिकाले बिभिन्न नीतिहरु जारी गरी बाल अधिकार संरक्षण गर्न, बाल बिबाह तथा बाल हिंसा मुक्त गर्ने कार्यमा निरन्तर रुपमा सरोकारवालाहरुसंग सहकार्य तथा समन्वयमा काम गरिरहेको रास्कोट नगर प्रमुख धर्मराज शाही पोषणले भनाई राखेका थिए । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न सबै जना बिशेष गरी अभिभावकहरु सचेत हुनुपर्नेमा नगरप्रमुख शाहीले जोड दिएका थिए । शैक्षिक गुणस्तर बृद्धि गरेर मात्र सामाजिक कुरितीहरु कम हुदै जाने बताउदै प्रमुख शाहीले यसका लागी सबै अग्रसर हुनु जरुरी रहेको बताए । बाल विवाह मुक्त वडा घोषणा भैसकेहो अवस्थामा कोही कसैले बाल विवाह गरे गराएमा कानुनले छुट नदिने भएकाले सबैले कानुनको पालना गर्नु पर्ने जानकारी गराएका छन् । बाल बिबाह तथा बाल हिंसा न्युनीकरण गर्न आम नगरवासीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको नगर उपप्रमुख मनिराज बरालले बताएका छन्। उनले २० वर्ष नपुगेर कोही कसैले लुकेर भागेर विवाह नगर्न सुझाव दिएका छन् । उनले उमेर नपुगी जो कोहिले बिहे गरेमा नगरपालिकाले आ आफ्नो घरमा फर्काउने अभियान चाल्ने बताए । हुरेन्डेक नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत कटक बहादुर बमले बाल बिबाहलाई कानुनले बर्जित गरेको बताउदै समुदायबाट बालबालिकाका र बाल विवाहका सवालहरु निराकरण गर्न सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी बहन गर्नुपर्ने भनाई राखेका थिए । बाल अधिकार संरक्षण तथा बाल विवाहको अन्त्य गर्न हुरेन्डेक नेपाल सदैव सहकार्य, समन्वय गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका थिए । अन्तमा कार्यक्रम समापन गर्दै कार्यक्रमका सभाअध्यक्ष तथा वडा न ४ का वडा अध्यक्ष दिनेश संज्यालले बाल बिवाह जस्तो जटिल समस्या समाधान गर्न नगरपालिका, वडा कार्यालय, सबै सरोकारवालाहरुको कर्तव्य र जिम्मेवारी रहेको बताएका थिय । उनले आफ्नो वडालाई बाल बिवाह मुक्त वडा घोषणा गर्न महत्वपुर्ण सहयोग गर्ने सहयोगी संघ संस्था लाई धन्यवाद समेत दियका छन । बाल विवाह न्युनिकरण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका बिद्यालय, बालबालिका,धार्मिक अगुवा समुह, सहयोगी संस्थाहरु र कर्मचारीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो । नगरपालिकाले बाल विवाह अन्त्यका लागि १७ बुदे घोषणा पत्रमा हस्ताक्षर गर्दै उक्त वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।