कालिकोट । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार स्थीत केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवकुमार कट्टवालले जानकारी दिनुभयो । जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उहाँकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, उहाँको छोरा ३८ वर्षीय घनश्याम, उहाँका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल घाइते भएका हुन् ।