मोदीले आइतबार शपथ ग्रहण गर्ने

कालिकोट । नरेन्द्र मोदी भारतमा पुन तेस्रो पटक प्रधानमन्त्री हुने तयारीमा जुटेका छन्।भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनका दलहरूको सहयोगमा मोदी प्रधानमन्त्री बन्न लागेका हुन्।मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल र चन्‍द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी ले बुधबार लिखित सहमति नै गरिसकेका छन्।भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल र १६ सिट जितेको तेलगु देसम पार्टी ले समर्थन गरेको छ। भाजपा, जनता दल र टिडिपीको समर्थनले मात्र मोदीलाई प्रधानमन्त्री बन्न बहुमत पुग्दैन। एनडिए भित्रकै थप दलको साथ पनि मोदीले लिन खोजेका छन्।

 

error: Content is protected !!