कालिकोट । नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ।केही समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा आज बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिएका छन्।बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए।