ओमान माथी अष्ट्रेलियाले दियो १६५ रनको लक्ष्य

कालिकोट । आईसीसी विश्वकप टी(२० क्रिकेटमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ।वार्बाडोसस्थित किंग्सटेन ओभलमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो। अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५६ तथा मार्कस स्टोनिसले ६६ रन बनाएका छन्।वार्नरले ५१ बल खेल्दै चार चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए। त्यस्तै मार्कस स्टोनिसले ३५ बलमा २ चौका र ६ छक्काको मद्दतमा ६६ रनमा नटआउट रहे।मिचेल मार्सले १४ रन जोडे। यस्तै ट्रेभिस हेडले १२ रन बनाउँदा टिम डेभिड १० रनमा अविजित रहे। ग्लेन म्याक्सवेल शून्य रनमा पेभिलियन फर्किएका छन्।

 

 

error: Content is protected !!