हुरीका कारण खोटाङका मकै बालीमा ठुलो क्षति

 

कालिकोट । खोटाङमा वर्षासँगै आएको हुरीले मकै बालीमा ठुलो क्षति पुर्‍याएको छ । हिजो दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको बताइृएको छ ।पसाउन लागेको मकैको बोट हुरीले ढाल्दा लाखौँको क्षति भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हर्कराज राईले बताएका छन् ।हिजो दिउँसो आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्‍याएको भन्दै क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिएका छन् । उनका अनुसार दश स्थानीय तह रहेको जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा मकैखेती गर्ने गरिएको छ ।

 

error: Content is protected !!