कालिकोट । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीले असार १ गतेदेखि आन्दोलनका कार्यक्रम थाल्ने घोषणा गरेका छन्।आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीले क्रसर, खानी तथा बालुवा उद्योगको नविकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन्।पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव पुरुषोत्तम रेग्मीले समयमै क्रसर, खानी तथा बालुवा उद्योगको नविकरण गर्न पनि माग गरेका छन्।२०७९ वैशाख ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने कानूनको मस्यौद मन्त्रालयले संवत् २०७९ साल फागुन १५ भित्र मन्त्रिपरिषद्मा पेश गर्ने, कानून नबनेसम्म निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवाको उपलब्धता निरन्तर रूपमा गर्ने तथा सर्वोच्च अदालतको आदेश, वातावरणीय संवेदनशीलता, विकास निर्माणको काममा निर्माण सामाग्रीको सहज र नियमित आपूर्ति व्यवस्थालगायत सम्वद्ध मापदण्डको पुनरावलोकन गर्ने विषय निर्णय गरेको थियो।