पलाता गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धि शिविर संचालन ।

 कालिकोट । जिल्लाको पलाता गाउँपालिकामा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा सम्बन्धीे शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा पलाता गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा एक दिने शिविर मंगलबार संचालन गरीएको थियो । उक्त शिविरबाट १ सय ९८ जनाले सेवा लिएका छन् । १ सय ३४ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्तन क्यान्सर परिक्षण,  १५ जनामा परीवार नियोजनको अस्थाइ साधन ईम्प्लान्ट राखीएको र २ जना आङ खसेको महीलाको पाठेघरमा रिङ राखीएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । उहाँका अनुसार दुई जना महीलामा पाठेघरको क्यान्सर संकास्पद र दुई जनामा पाठेघरको क्यान्सर पोजेटीभ देखीएको छ । जिल्ला कै सबैभन्दा टाढा र बिकट बस्ती मानिने खिनमा सेवा लिन पाउदा त्यहाँका महीलाहरु अत्यन्तै खुसी भएका छन् ।

error: Content is protected !!