प्रधानमन्त्री प्रचण्डद्धारा अरुण तेस्रोको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’

कालिकोट । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार परियोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ कार्य सम्पन्न गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले परियोजनाका बाँकी काम सम्पन्न गर्ने कार्यमा सहजीकरण र सहयोगका निम्ति सरोकारवाला सबैमा आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्। अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने छ । सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ ।

error: Content is protected !!