निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते

कालिकोट । सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका–७ क्यानखोलामा निर्माण भइरहेको सवारी साधन चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा पर्साका मनोज महतो, विनोद महतो र अमलदेव महतो तथा सिन्धुलीका मदन घलान रहेका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

error: Content is protected !!