कालिकोट । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका(३२ स्थित युनिभर्स इङलिस बोर्डिङ स्कुलका शिक्षक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कास्कीकै रूपा गाउँपालिका(५ का ३२ वर्षीय शिक्षक सुदीप अधिकारी पक्राउ परेका हुन्।अधिकारीले गत जेठ १३ गते कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी लट्ठीले प्रहार गरी घाइते बनाएको जाहेरी प्रहरीमा परेको बताईएको छ।उक्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शिक्षक अधिकारीलाई पक्राउ गरेको हो।





