कालिकोट । माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लागेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो ।काठमाण्डौलगायत शहरी क्षेत्रबाट तरकारीको रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड रुपैयाँको निगुरो बाहिरिने गरेको उहाँको भनाइ छ ।सङ्कलकहरूले निगुरो प्रतिमुठा १५ रुपैयाँका दरले सङ्कलन केन्द्रमा बिक्री गर्छन् । सङ्कलन केन्द्रले प्रतिमुठा १७ रुपैयाँका दरले व्यापारीलाई दिने गरेका छन् ।