विपद्जन्य जोखिम न्युनिकरण गर्न पुर्व तयारी संयुक्त अभ्यास कार्यक्रम ताडीमा ।

कालिकोट । वर्षायाममा घट्ने विपद्जन्य जोखिमका घटनाहरुलाई न्युनिकरण गर्न पुर्व तयारी स्वरुप संचालित संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको शम्सेर गुल्म कालिकोटको आयोजना तथा जिल्ला स्थित अन्य सुरक्षा निकाय र सरोकारवाला निकाय संगको समन्वयमा कार्यक्रम खाँडाचक्रको ताडी बसपार्कमा संचालन गरीएको थियो ।

कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सभाअध्यक्षता, खाँडाचक्र नगरपालिका कार्यवहाक नगर प्रमुख नन्द बहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरिक्षक डि.एस.पी अर्जुन केसी, सशस्त्र प्रहरी बल कार्यालय कालिकोटका निमित्त गुल्मपति कमल केसी, स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.संकेत विश्वकर्मा,अन्य जनप्रतिनिधि,राजनितिक दल, सम्पुर्ण निकायका सुरक्षा कर्मी, निजामती कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन शम्सेर गुल्म कालिकोटका उप सेनानी सुजन थापाले गरेका थिए । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा उद्धारका काम गर्नमा सुरक्षा निकायको लामो इतिहास छ ।

जब–जब आपत आईपर्छ, तब–तब त्यस विपदबाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि सुरक्षा निकाय तत्पर रहन्छ । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा छ ।

यसलाई मध्यनजर गर्दै वर्षायाम सुरु हुनु पुर्वनै तयारी स्वरुप संचालित संयुक्त अभ्यास कार्यक्रम संचालन गरेको बताएका छन् । कार्यक्रममा विपतका घटनामा परेका मानिषको आकस्मीक उद्धार, उपचार लगाएत थुप्रै चरणहरुको बारेमा जानकारी गरीएको थियो ।

error: Content is protected !!