जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कालिकोटमा पनि मनाइयो

कालिकोट । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस कालिकोटमा पनि मनाइएको छ । “हामी सवैको आवाज जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव मुक्त समाज” भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा दिवस मनाइएको हो । सोमवार प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सभाअध्यक्षता रहेको कार्यक्रमा जिल्ला स्थित जनप्रतिनिधि राजनितिक दल, सुरक्षा कर्मी, पत्रकार, कर्मचारी लगाएतको उपस्थिती हरेको थियो ।

दिवसको अवसरमा खाँडाचक्र नगरपालिकाको ताडीबाट शुरु भएको प्रभातफेरी मान्म बजारको प्रतिमा चोकमा कोण सभा कार्यक्रममा परिणत भएको थियो । नेपाल सरकारले ०६३ जेठ २१ गते भेदभाव तथा तथा छुवाछूत उन्मुलन घोषणा गरेको छ । ०६८ देखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउन थालिएको हो ।

मुलुकी ऐन २०२० साल देखि छुवाछूत प्रथा हटाइए पनि समाजमा कायमै रहेको जातीय भेदभावलाई हटाउन विभिन्न आन्दोलनहरुको उपलब्धिबाट हाम्रो देश नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा छुवाछूत अझै कायम रहेकोले सवै मिलेर बिस्तारै निर्मुल पारेर जानु पर्ने प्रमुम जिल्ला अधिकारी गणेश नेपालिले बताएका छन् ।

नेपालको संविधानको प्रस्तावनामाः वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्किक, विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागीतामूलक सिद्धान्तका आधारमा समानतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ।

संविधानको धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।

 

error: Content is protected !!