पूर्णसिंह बम ।
कालिकोट । जिल्लाको पलाँता गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि सरोकारवाला माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास शाखा कार्यालय कालिकोटको आयोजनामा कार्यक्रम संचालन गरीएको थियो । आइतबार एक कार्यक्रमका बिच पलाँता गाउँपालिका उपाध्यक्ष अलैपुरा जैशी हमालको प्रमुख आतिथ्यता वडा अध्यक्ष मानसिंह बमको विषेश आतिथ्यता , प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ,वडाका जनप्रतिनिधि, शिक्षक, पत्रकार, होटल व्यवसायी, यातायात व्यवसायी, पालिका भित्रका विभिन्न शाखाका प्रतिनिधि शाखा प्रतिनिधि, संघ सस्थाका कर्मचारी लगाएतको भब्य उपस्थितिमा कार्यक्रम संचालन गरीएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पलाँता गाउँपालिका उपाध्यक्ष अलैपुरा हमाल (जैशी) ले पछाडि पारिएका बर्ग समुदाय, क्षेत्र, बर्गलाई कार्यान्वयन गर्ने पक्षमा राज्य सुस्त गतिमा बढिरहेको कुरालाई इंगित गर्दै विकासलाई सामाजिक समावेशीकरण र लैङ्गिक हिंसा, महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडीएको वर्ग, उत्पीडित, विपन्न वर्ग, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागिताका विषयमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै वडा अध्यक्ष तथा कार्यक्रमका बिशेष अतिथि मानसिंह बमले महिला, बालबालिका, आदिबासी जनजाति, मानव अधिकार लगाएतका क्षेत्र संगै शैक्षिक क्षेत्रका बिषयमा आफ्नो बिषय बस्तु राख्नु भएको थियो । सामाजिक बिकास शाखा कार्यालय कालिकोटकी कर्मचारी दक्षिणा शाही, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठको नेतृत्वमा अस्मिता उपाध्याय र हिरा थापाले प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रमका विभिन्न विषयहरु उठान गर्दै नागरिक कर्तव्य तथा अधिकार र दायित्व, महिला तथा बाल हिंसा, सामाजिक अन्धविश्वास, कुप्रथा तथा कुसंस्कार,लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण, महिला तथा बाल हिंसा, नागरिक कर्तव्य तथा दायित्व, सामाजिक अन्धविश्वास, कुप्रथा तथा कुसंस्कार बारे प्रशिक्षण दिइएको थियोे ।