विश्व दूध दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

कालिकोट । ‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने मुल नारासहित आज विभिन्न कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदै छ।विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको छ ।दिवसका अवसरमा केन्द्रीय स्तरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्व र विभिन्न सरोकारावाला निकायको सहयोगमा बालबालिका तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दुग्धपान, दूधको सेवनसम्बन्धी उपत्यकाव्यापी विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्न कार्यक्रम हुन लागेको बताईएको छ ।

error: Content is protected !!