कालिकोट । बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा २ जनाको ज्यान गएको छ । हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका वडा नं ४ का ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए । गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ । यस्तै वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ । पर्साको विन्दबासिनी गाँउपालिका वडा नं २ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिएका छन्।