कक्षा १२ को नतिजा नआउदै एमबीबीएस र नर्सिङसको प्रवेश परीक्षा दिन पाइने

कालिकोट । चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षा अब कक्षा १२ को नतिजा कर्नु नपर्ने भएको छ। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको प्रमाणपत्र तहदेखि स्नातकोत्तर(डीएमरएमसीएचसम्मको प्रवेश परीक्षाका लागि जारी गरेको शैक्षिक क्यालेन्डर अनुसार अबदेखि कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीले समेत यो प्रवेश परीक्षाका लागि आवेदन दिन जनाएको छ । प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ । यो वर्षबाट कक्षा १२ को प्रवेशपत्रका देखाएर विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउने भउका छन्। चिकित्सा शिक्षाको स्नातक तहमा गतवर्ष १३ वटा विषयमा ४० हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। तर परीक्षा तालिकामा भएको ढिलाइले धेरै विद्यार्थी भर्ना हुन आएनन् र सिट खाली भयो । चिकित्सा शिक्षा आयोगले पहिलो पटक प्रमाणपत्र तहको नर्सिङ कार्यक्रमलाई पनि शैक्षिक क्यालेन्डरमा समेटेको छ।

error: Content is protected !!