कालिकोट । जिल्लामा आइ.पि.भी (पोलियो) खोप अभियान संचालन भएको पाँचौ दिन सम्म ६ हजार २ सय ३० जनाले खोप लगाएका छन् । गएको आइतवारबाट जिल्लामा खोप अभियान सुरु भएको थियो ।
अभियानबाट हाल सम्म महाबै गाउँपालिकामा ४ सय ३५, पलाता गाउँपालिकामा ९ सय ९४, नरहरीनाथ गाउँपालिकामा १ हजार ४२, खाँडाचक्र नगरपालिकामा १ हजार ७, पचालझरना गाउँपालिकामा ५ सय ९७, तिलागुफा नगरपालिकामा ८ सय २३, शुभकालिका गाउँपालिकामा ४ चार सय ५१, सान्नी त्रिवेणी गाउँपालिकामा ३ सय ७४ र रास्कोट नगरपालिकामा ५ सय ७ गरी जम्मा ६ हजार २ सय ३० जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । उहाँका अनुसार ६ वटा स्थानिय तहमा पहिलो चरणको खोप अभियान सकीएको र वाँकी रहेका तिन वटा स्थानिय तहमा आगामी शनिवार सम्म अभियान संचालन हुने छ । अहीले सम्मको डाटा अनुसार कुल ८६.७४ प्रतिशत बालवालिकाले खोप लगाएका छन्। नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ अहीले राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भइरहेको छ ।