आज धनगढीको तापक्रम ४४ डिग्री पुग्यो

कालिकोट । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताए ।

error: Content is protected !!