कालिकोट । सुर्खेत–दैलेख सडक खण्डको वीरेन्द्रनगर–१४ रातानाङ्गलामा आज विहान बोलेरो जीप हुँदा घटनास्थलमै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ । सुर्खेतबाट कालिकोट आउदै गरेको भे १ च २५६० नम्वरको बोलेर जीप रातानाङ्गलामा दुर्घटना हुँदा कालिकोट जिल्ला शुभकालिका गाउँपालिका–३ का नवराज वि.क, तन्त वि.क उनका छोरा बिरेन्द्र वि.क र दैलेख जिल्ला भैरवी गाउँपालिका–४ का महेन्द्र शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक तथा सुचना अधिकारी बीर बहादुर ओलीले बताउनु भयो । घाइते हुनेहरुमा जिल्लाको शुभकालिका गाउँपालिका–३ कै नरे कामी र खाँडाचक्र नगरपालिका–९ का जिव चालक नरेन्द्र विष्टको अहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जिव सडकदेखि करीब ४०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।