कालिकोट कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी

कालिकोट । जिल्ला कारागार कालिकोटमा क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी रहेका छन् । १० जना महीला र १५ जना पुरुष गरी २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ५ जना महिला र ५२ जना पुरुष कैदीबन्दीहरु राखिएका छन् । क्षमता भन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राख्दा आधारभूत मानवीय आवश्यकता परिपूर्ति गर्नमा समस्या भएको कार्यालय प्रमुख नर बहादुर मिजारले बताए । कार्यालयका सम्पुर्ण भवनहरु जिर्ण वन्दै गएका छन भने खाने पानिको समस्या समेत रहेको उनको भनाइ छ । भुकम्पका कारण कार्यालयका सम्पुर्ण भवनहरु ठाउँ ठाउँमा चर्कीएर जिर्ण भएका छन् । खाने पानिको पनि मुहान टाढा भएकोले स्थानियले कहीले पाइप चोरी गर्ने,कहीले काटेर फालिदिने गरेका कारण समस्या आउने गरेको प्रमुख मिजारले बताए । अधिल्लो वर्ष एक दुई वटा स्थानिय तहका जनप्रतिनिधि आएर भेटे पनि यो वर्ष भने जनप्रतिनिधि, राजनितिक दलका नेता कोही भेट्न तथा समस्या वुझ्न समेत नआएको कैदी नाईने कपील बहादुर शाहीले गुनासो रहेका छन् । कार्यालयमा प्रहरी र कर्मचारीको पनि दरवन्दी पुर्ण छैन । १९ जना प्रहरीको दरवन्दी रहेको जिल्ला कारागारमा १४ जना र ८ जना कर्मचारीको दरवन्दी रहेकोमा हाल ६ जना मात्र कर्मचारी रहेका छन्। कैदी वन्दीहरुले सुइटर,लिउ,गलैचा,मुडा लगाएतको सामाग्री उद्पादन गर्ने गरेका छन्। उनिहरुलाई खेलकुदकका सामाग्रीहरु अपुग रहेको कैदीहरुको गुनासो रहेको छ ।

error: Content is protected !!