धनकुटाको सदरमुकाम नजिकै आगलागी

कालिकोट । धनकुटाको सदरमुकाम नजिकै रहेको सल्लेरी राष्ट्रिय वनमा आज दिउँसो आगलागी भएको छ। धनकुटा आँखा अस्पताल नजिकैबाट सुरु भएको डढेलो नेपाली सेनाको भीमदल गण र प्रदेश आयुर्वेदिक अस्पतालतर्फ फैलिएको बताईएको छ ।आगलागीका कारण वरपरका बस्ती जोखिममा परे पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो समयमै नियन्त्रणमा लिँदा ठूलो क्षति नभएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् ।करिब २ बजेदेखि लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ। आगलागी कसरी भयो भन्ने खुल्न नसकेको र त्यसको खोजी भइरहेको । आगलागीबाट सल्लेरी राष्ट्रिय वन क्षेत्रमा रहेका वोटविरुवा जलेर नष्ट भएको छ।