कालिकोट । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने अर्थमन्त्री पुनले बताएका छन ।