रौतहटमा गर्मीका कारण पठनपाठनमा समस्या, विद्यालय बन्द हुँदै

कालिकोट । गर्मी बढे सँगै रौतहटका विद्यालयमा अध्ययनरत बालबालिकाहरूको पठनपाठनमा समस्या भएको छ । बढीरहेको गर्मीृका कारण विद्यार्थीहरु बेहोस हुन थालेका छन् । पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढिरहेको कारण जिल्लाको जनजीवन प्रभावित बनेको हो।गर्मीले सर्वसाधारण मानिस काम विशेष बाहेक घरबाहिर निस्कन छाडेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या न्यून भएको छ। तीन(चार दिन देखि ४० डिग्रीको हाराहारीमा तापमान रहँदा मानिसको जनजीवन प्रभावित बनेको हो।यसैबिच शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरूलाई बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरेका छन् । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू मुर्छा पर्ने तथा अन्य लक्षणहरूले ग्रसित भइरहेको हुँदा तत्काल विद्यालयमा बिदा दिन प्रमुख सिंहले सूचना जारी गरेका छन्।

 

error: Content is protected !!