कालिकोट । नागरिकता कीर्ते गरेकोे उजुरीमा अनुसन्धान गर्न पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । उनी यसअघि दुई पटक ३÷३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका बसीसकेका हुन् । पुन उनलाइ प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।