इजरायलको हवाइ आक्रमणमा परि करिब ५० जनाको मृत्यु

कालिकोट । इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको मृत्यु भएको छ भने कैयौँ जना घाइते भएका छन्।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ हमला गरेको पुष्टि गरेको छ। अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो ।हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर(पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ। ज्यान गुमाउने अधिकांश महिला र बालबालिका रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भईसकेका छन्।

 

error: Content is protected !!