आइ.पि.भी (पोलियो) खोप अभियान सुरु, पहिलो दिन कालिकोटमा २२०७ जनाले खोप लगाए

कालिकोट । जिल्लाकाका छ वटा स्थानिय तहमा आजबाट सुरु भएको पहिलो चरणको आइ.पि.भी (पोलियो) खोप अभियानमा २ हजार २ सय ७ जनाले खोप लगाएका छन् । खोप सुरु भएको पहिलो दिन आज महाबै गाउँपालिकामा २ सय ५८ जना, पलाता गाउँपालिकामा ४ सय २८ जना, नरहरीनाथ गाउँपालिकामा ४ सय ६२ जना, खाँडाचक्र नगरपालिका ७ सय २९ जना र पचालझरना गाउँपालिकामा ३ सय ३० जना गरी जम्मा २ हजार २ सय ७ जनाले खोप लगाएका छन् स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भयो । यसमा तिलागुफा नगरपालिकाको रिपोर्ट आउन ढिलो भएका कारण समावेस नगरीएको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनु भएको छ ।

error: Content is protected !!