नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिम सुरु

कालिकोट । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउन तालिम सुरु भएको छ।धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले जानकारी दिएका छन्। कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको बताईएको छ । तालिम शनिबारदेखि प्रारम्भ भएको हो।‘संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा शनिबारदेखि तालिम सञ्चालन गरिएको हो।