माओवादी केन्द्रले लिची र कागतीको एक लाख बिरुवा  रोप्ने

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने जनाएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने बताईएको छ ।

error: Content is protected !!