घाइतेको उपचार जिम्मा कर्णाली प्रदेश सरकारले लिन्छ, पर्यटन मन्त्री रावत

बोलेरो जिव दुर्घटनाका घाइतेको उपचारको जिम्मा कर्णाली प्रदेश सरकारले लिने भएको छ । विहिवार शुभकालिका गाउँपालिका–६ हाउडीमा बोलेरो जिव दुर्घटना हुदाँ ७ जना घाइते भएकामा गम्भीर घाइते भएका तिन जनाको हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय दुर्ग बहादुर रावतले सामाजिक विकास मन्त्री माननिय बिर बहादुर शाही संग समन्वय गरेर गम्भीर घाइते तिनै जनाको उपचार खर्च कर्णाली प्रदेश सरकारले जिम्मा लिने गरी व्यवस्था भएको बताउनु भयो ।

मन्त्री रावत शुक्रवार अस्पतालमै पुगरे घाइतेहरुको शिग्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । उहाँहरु दुवै जना मन्त्री हाल नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेश सरकारमा सहभागी हुनुहुन्छ ।

error: Content is protected !!