कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–७ चँदारा गाउँका दुई जना दाजु भाई बेसहारा भएका छन् । गत कार्तिक २ गते आमा रितु चँदाराको ३१ वर्षको उमेरमै मृत्यु भएपछि उनका दुई जना छोराहरुको विचल्ली भएको हो । वालकका बुवा ३६ वर्षीय गोविन्द्र चँदारा अपाङ्ग हुदाँ उनीहरुको झन विचल्ली भएको हो । उनी टाढा–टाढासम्म हिडडुल गर्न सक्दैनन् । बेसहारा बनेका चार वर्षीय सन्देश, र दुई वर्षीय टेकराज चँदारालाई हजुरआमाले जेनतेन स्याहारसुसार गर्दै आएकामा उनको पनि गत फागुन ४ गते मृत्यु हुदाँ ति दाजु भाई थप व्यसाहारा भएका छन् । हजुरआमाले गाउँमा मागेर ल्याएको चामल र पीठोले जसोतसो उनीहरु बाँचिरहेका थिए । श्रीमती र आमाको मृत्युपछि गोविन्द्रलाई छोराको छाक टार्न मुस्कील भएको स्थानिय तथा नगरकार्यपालिकाका सदस्य लालपुरा बिष्ट बताउँछीन ।
घरमा कमाउने कोही नभएका कारण उनीहरूलाई विहान–बेलुकीको छाक टार्नसमेत मुस्किल परेको छ स्थानीय तथा जिल्ला समन्वय समिति सदस्य बिर बहादुर रावत बताउछन् । कसैले खाना दिएमा मात्र उनिहरुको छाक टर्ने नत्र भोकै वस्न पर्ने वाध्यता रहेको स्थानिय नेता रतन बहादुर वम (सागर) बताउछन्। उनिहरुको उमेर बढ्दै गएकाले खान संगै पढाइको पनि थप समस्या थपीएको बताए । स्थानीय छिमेकी पुर्णकला चँदाराका अनुसार गोवीन्द्रको आफन्तहरु समेत कोई भएकाले थप समस्या भएको बताउछिन । उनि भन्छीन गोविन्द र उसका नावालक छोराहरुको समस्याले आफुहरुलाइ पनि पिडित बनाएको छ । सुत्केरी हुँदा उचित खान पान नपाएरनै कुपोषणका कारण गोविन्दकी श्रीमतीको मृत्यु भएको छिमेकीले बताएका छन् । स–साना बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले आफुलाइ सताइरहने गरेको गोविन्द दुख पोख्छन् । उनको सम्पत्तिको नाममा चार पाथि पाखोबारी भएको र त्यही पनि पहीरोले लगेको छ ।