छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्ने

कालिकोट । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको छ ।बैठक बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। हिजो निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो।कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको बर्तौलाको भनाइ । त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले बिहीबारको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठक आज बस्ने सहमती भएको जानकारी दिएक हुन् ।

 

error: Content is protected !!