कालिकोट । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा .दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने अर्थात दरपीठ आदेश खारेज गरेको हो ।यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन आउँदो आइतवार दर्ता हुने भएको छ ।