अमेरिकी दूतावासले सन्दीपलाई गर्‍यो भिसा दिन अस्वीकार

कालिकोट ।अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। ​सन्दीपले एक स्टाटस लेख्दै अमेरिकाले भिसा दिन अस्विकार गरेको बताएका हुन्। उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी(२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए।बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालेको थियो।

 

error: Content is protected !!