अन्ततः कृषि मन्त्रालय नै लिन तयार भए कर्णालीका विनोद कुमार शाह

कालिकोट । कर्णाली प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका एमाले नेता विनोदकुमार शाह अन्ततः सोही मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका छन् । मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए । मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई २ जेठमा मन्त्रिपरिषद्बाट हटाउँदै उक्त मन्त्रालय आफूसँगै राखेका थिए । पार्टी केन्द्रको दबाबपछि मुख्यमन्त्री कँडेलले शाहलाई मनाएर कृषि मन्त्रीमा नियुक्त गरेको एमाले स्रोतको भनाइ छ । शाहले आजनै शपथ लिने तयारी भइरहेको छ ।

error: Content is protected !!