कालिकोट । कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका वडा नं ९ मगरटोल बस्ने लाल सिंह विश्वकर्माकी छोरी १५ वर्षीया ममता विश्वकर्माको चट्याङ लागेर हिजो बेलुकी मृत्यु भएको बताइएको छ । पसलबाट सामान किनेर घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानएको छ ।