कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–२ पोरीपाल्लीमा गिट्टी कुटेर ६ जना परिवारको जिवन गुजारा चलाई रहेकी अमृता कामीलाइ सहयोग उपलव्ध भएको छ । गिट्टी कुट्नकै लागी घरबाट करीब चार घण्टाको उकालो बाटो हिडेर सदरमुकाम मान्म पुग्नु पर्ने बाध्यता रहेको खवर प्राप्त भए पछी गत पुष १६ गते रेडियो तिला आवाजको टिम त्यहाँ पुगेर स्थलगत रिर्पोटीङ गरेको थियो । रिर्पोटीङ पछी सम्पुर्ण सहयोगी मनलाई उनलाई सहयोग गर्न अपिल गर्दै अभियान सुरु गरीएको थियो । त्यस क्रममा रेडियो तिला आवाज ,प्रवाश नेपाली जनसमाज कर्नाटक राज्य समिति बेङ्गालोर परिवार र अन्य सहयोगी मनहरुद्धारा प्राप्त भएको ५ हजार पाँच सयको चामल,दाल,तेल र स्टेशनरीका सामाग्री वितरण गरीएको छ ।
आज रेडियो तिला आवाज टिम, उक्त वडाका पुर्व वडा अध्यक्ष बिर्ख सिंह विश्वकर्मा र नेकपा माओवादी केन्द्र शुभकालिकाका युवा नेता तुलराज चौलागाई (आकाश)को उपस्थितिमा मंगलवार सो सामाग्री वितरण गरीएको हो । राहत सामाग्री बुझ्दै उनले अपेक्षानै नगरेको सहयोग भएको भन्दै खुसी व्यक्त गरीन । उनले आफनो घरमै आएर समस्या वाहीर ल्याएकै कारण यस अघि पनि भारतको विभिन्न ठाँउवाट ६५ हजार नगत रकम प्राप्त भएको वताईन । उनले पिडा बुझेर सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद समेत दिएकी छन् । अमृताले गिट्टि कुटेरै सात जना परिवार पालिरहेकि छन् । उनको परिवारमा एउटा विरामी श्रीमान एउटा छोरा र चार जना छोरीहरु रहेका छन । उनका ४३ बर्षीय श्रीमान चैते कामी बिगत १० बर्ष देखी मानसिक रोगी रहेको बताउछिन् । उनि घरमा समेत बस्दैनन् कहिले गाई गोठमा बस्छन त कहीले ओडारमा बस्छन । चार जना नावालक छोरा छोरी सहीत विरामी श्रीमानको पालन पोषण गर्न गिट्टी कुट्नुको बिकल्प बाहेक अरु केही नभएको अमृताको भनाई रहेको थियो ।
अमृता आफु पनि अस्वस्थ छन एक वर्ष अगाडी लडेर ढाडमा चोट लागेकोले गरुङ्गो भारी बोक्न नसक्ने उनि बताउछिन । अमृताको परिवारमा एक पछि अर्को पिडै पिडा छन । उनकी एउटा छोरी समेत अपाङ्ग छन ।उनको कमाई खाने जग्गा जमिन समेत प्रयाप्त छैन । आफुले उत्पादन गरेको अन्नले तिन महिना पनि राम्रो संग खान नपुग्ने उनको गुनासो रहेकोछ ।