कालिकोट । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने आठ जना व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन्।“पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सिसि क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ।”