कालिकोट । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रबन्ध निर्देशकका रूपमा हस्ताक्षर गरेर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको लेखापरीक्षण प्रतिवेदन भेटिएको छ ।गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ऋणबारे आफूलाई कुनै जानकारी नभएको र त्यसप्रति आफ्नो उत्तरदायी नहुने दाबी संसद्मा पनि दोहोर्याएका छन् । उनले ऋण प्रमाणित हुने कुनै कागजमा हस्ताक्षर भए देखाउन चुनौती पनि दिएका छन् ।ग्यालेक्सी टेलिभिजन चलाउने गोर्खा मिडिया नेटवर्क प्रालिमा लामिछानले स्वेट सेयर ९पसिनाको मूल्य० मात्र पाएको र कम्पनीको दायित्व आफूमा नआउने दाबी गर्दै आएका छन् । तर, बुटवलको सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ लिएका लामिछानेले त्यही बैंक स्टेटमेन्ट कम्पनी रजिस्ट्रारको कार्यालयमा देखाएर १५ प्रतिशत सेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । बैंक स्टेटमेन्ट र कम्पनीको माइन्युट कान्तिपुरले यसअघि नै प्रकाशित गरिसकेको छ । त्यसअघि र पछि पनि विभिन्न सहकारीबाट करोड–करोडका चेक काटेर रकम धमाधम गोर्खा मिडियामा सारिएको थियो ।ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको लामिछानेको दाबी छ ।