प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिने

ललितपुर, २ पुसः ललितपुर महानगरपालिकाको स्थापना दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् ।आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा उहाँले विश्वासको मत लिन लाग्नु भएका हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो।सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। संविधानको धारा १०० को उपधारा ९२) को व्यवस्था अनुसार प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्न लागेका हुन्। प्रधानमन्त्रील यो कार्यकालमा चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

 

error: Content is protected !!