कालिकोट । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका वडा नं ४ जितौरेका वर्ष २६ का विकास गुरुङ रहेको खुलेको छ । स्थानीयका अनुसार गुरुङ हिजो राति साथीहरुसँग किसेदि खोलामा माछा मार्न गएका बताइएको छ । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो ।