संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनहुने

कालिकोट । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको शीर्ष नेताबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार ‘सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल बताइएको छ । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहबीच समान धारणा बनेको छ । यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ,’ नेता लेखकले भन्नुभयो । छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ । गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेस बर्तौला र राष्ट्रिय स्वजतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको छ ।

error: Content is protected !!