कालिकोट । जिल्लाको मान्म वजारमा नेपाल जेसिज क्षेत्र ‘घ’ का शाखा अध्यक्षहरुको भेला ‘प्रेसिडेन्ट मिट २०२४’ सम्पन्न भएको छ । भेला नेपाल जेसीजको आयोजना तथा कर्णाली जेसीजको अतिथ्यतामा कालिकोटको होटेल कोट दरवारमा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रमको समुद्धघाटन सत्रमा प्रमुख अतिथिका रुपमा कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय दुर्ग बहादुर रावत, बिशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही (आर्दश), नेपाली काँगे्रस कर्णाली प्रदेश प्रवक्ता दमन बहादुर शाही, महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन),नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष जशी प्रसाद पाण्डे, कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाही, नेपाल जेसीज २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेट रविन पोखरेल लगाएतको रहेको थियो । उक्त कार्यक्रम निरुपित राष्ट्रीय उपाध्यक्ष जेसी सिता कुमारी भण्डारीको सभापतित्वमा भएको हो ।
कार्यक्रममा क्षेत्र ‘घ’ का २९ जना शाखा अध्यक्षहरुको उपस्थिति थियो । कार्यक्रममा कालिकोटको पहिचाल झल्कीने विभिन्न देउडा, हुड्केनाच पनि प्रस्तुत गरीएका थिए । नेपाल जेसिजका चार वटै क्षेत्रअन्र्तगत देशभर १७८ वटा शाखा छन्। १८ बर्षदेखि ४० वर्ष उमेर समूहभित्रका युवाको क्षमता, व्यक्तित्व बिकास गरी समाज र देशका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्ने उदेश्य लिएर पछील्लो समय नेपाल जेसीजले बिभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दे आएको छ।