पर्यटन मन्त्री रावतद्वारा अन्तीम युद्ध पर्यटकीय स्थल पिलीको अवलोकन

कालिकोट । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननीय दुर्ग बहादुर रावतले युद्ध पर्यटकीय स्थल पिलीको अनुगमन गनु भएको छ । शुक्रवार आफ्नो गृह जिल्ला प्रवेश गर्नु भएका पर्यटन मन्त्री रावतले सनिवार जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागी हुनु भएको थियो सो क्रममा उहाँले १० वर्षिय जनयुद्धको अन्तीम युद्ध पर्यटकीय स्थल पिलीे र त्यहाँ स्थापना भएको भ्यु टावर समेतको अवलोगन गर्नु भएको हो । त्यस्तै आजनै पर्यटन मन्त्री रावतले महावै गाउँपालिका जोड्ने सेरावाडा बेलिवृजको पनि अनुगमन गर्नु भएको छ । पर्यटन मन्त्री रावत, महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन) लगाएत नेताहरुको उपस्थितिमा उक्त बेलिवृजको अनुगमन गरीएको हो ।

error: Content is protected !!