कार र मोटरसाइकल एक आपसमा ठोक्कीदा पत्रकार यादवको मृत्यु

कालिकोट । जनकपुरधामस्थित मिल्स एरियामा कार र मोटरसाइकल एक आपसमा ठोक्कीदा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ ।आज बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिएका छन्।उनका अनुसार मोटरसाइकल पछाडि सवार जयनाथ यादव गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

 

error: Content is protected !!