पर्यटन मन्त्री रावतद्वारा कालिकोटमा क्याम्पस भवन उद्घाटन

कालिकोट । कर्णाली प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री माननीय दुर्गा बहादुर रावतद्धारा क्याम्पस भवन उद्घाटन भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयको ७० लाख आर्थिक सहयोगमा निर्माण भएको कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडी स्थित नव निर्मित तिला कर्णाली बहुमुखी क्याम्पस भवनको शनिवार यक कार्यक्रमका विच पर्यटन मन्त्री रावत,उद्घाटन गर्नु भएको हो ।

भवन उद्घाटन गर्दै पर्यटन मन्त्री रावतले विगतको स्मरण गराउदै ठुलो संर्घष र वलिदानीबाट नागरीले पढ्न नपाउने राणाकालिन व्यवस्था अन्त्य गर्दै अनौपचारीक शिक्षा( गुरुकुल) शिक्षा प्राप्त गर्न पाउने व्यवस्था आएको वताउनु भयो । उहाँले लोकतान्त्रीक गणतन्त्रले मात्र नेपाली जनताको जिवनस्थर उठाउन नसक्ने र त्यसको लागी नेपालमा समाजवाद हो भन्ने कुरा संविधानमा प्रष्ट भएता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा समस्या सृजना भएको वताउनु भएको छ ।

उहाँले अहीले पनि २०२८ सालकै पञ्चायती कानुन, नियमावली र शिक्षा निति अनुसार काम गर्नु पर्ने बाध्यता नहटेकाले शिक्षा क्षेत्रमा थप चुनौति थपिएको धारणा राख्नु भएको छ ।

error: Content is protected !!