कालिकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति कालिकोटको वैठक सम्पन्न भएको छ । निवर्तमान जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाई (शैलेन्द्र)कोे अध्यक्षता पुर्व राष्ट्रीय सभा सदस्य, पार्टी जिल्ला इन्चार्ज जीवन बहादुर वुढाको प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य, सम्पुर्ण प्रदेश कमिटि सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, पार्टीबाट निर्वाचित ९ वटै स्थानिय तहका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष साथै पार्टीका पदाधिकारी जेष्ठ कम्युनिस्ट मञ्चका सवै तहका सदस्य , सल्लाहकार समितिका सदस्य, जवस मोर्चाका जिल्ला इन्चार्जहरुको उपस्थितिमा वैठक संचालन गरिएको थियोे । वैठकमा जिल्ला नेतृत्व चयन, पार्टीका आगामी कार्ययोजना, केन्द्रिय अभियानको कार्यन्वयन लगाएतका विषयमा छलफल चलेको थियो । जिल्लाको संयोजक र सचिवमा दर्जनौं नेता आकांक्षी देखीएका छन्। संयोजकको लागि सरोज बोगटी (विपिन), डम्बर शाही (डिबि), दुर्गाप्रसाद काफ्ले, जगत बहादुर शाही (शिखर), रतन वहादुर शाही, खेम बहादुर सिंह (भिजन), गोगन बहादुर मल्ल, गणेश बहादुर शाही (आकाश), रहेका छन भने सचिव पदको लागी अग्र बहादुर विष्ट (सुनिल),जय बहादुर महतारा (अटल), रतन वम, भानुप्रभात पाण्डे, मान बहादुर भण्डारी, मिठ्ठु वम (शैलेजा), धनलाल अधिकारी, पौरख विश्वकर्मा, मनसोभा बुढा, भानुभक्त संजाल र तारा न्यौपाने रहेका छन् । आकांक्षीहरुको विचमा छलफल गरी भोली सम्ममा सर्व सहमतीमा नेतृत्व चयन गरिने माओवादी केन्द्र श्रोतले बताएको छ । साथैै पार्टीले ६ महिने भावी कार्ययोजना तयार गरि फिल्ड्मा होमिने कुरा पनि वैठकमा उठेको थियो ।