प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत लिने

ललितपुर, २ पुसः ललितपुर महानगरपालिकाको स्थापना दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउदो जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । यस विषयमा प्रधानमन्त्री प्रचण्डले विहीबार बेलुका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका थिए ।प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

error: Content is protected !!